Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा बन्द

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २७, काठामाडौं । </b>सवारी चालक अनुमतीपत्रका लागि यातायात व्यवस्था कार्यालय चावहिलबाट हुँदै आएको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको जनाएको हो ।&nbsp;<br></p><p>"चाबहिलको यातायात&nbsp; कार्यालयबाट विभिन्न बर्गका सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा लिदै आएको विदितै छ। उक्त कार्यमा कार्यालयको संयोजकत्व र महानगरीय ट्राफिक प्रहरीको प्रतिनिधिमुलक भुमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको प.सं. १-१-१० च.नं. ८४७ मिति २०७७।०९ । २७ गतेको पत्र प्राप्त भई आज मिति २०७७। ०९ २७ गते बाट लिखित तथा प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरी नखटाएको कारण अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि यस कार्यालयबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । पुनश्चः यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाको लागि कार्यालय परिवार क्षमाप्रार्थी छ ।" कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।&nbsp;&nbsp;</p>