पढ्न करिब 1 मिनेट लाग्छ

साउन २०, काठमाडौं । बिहिबार दिउँसो मकालु एयरको जहाज दुर्घटना भएको छ ।

हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।कर्णालीको किनारमा फोर्स ल्यान्ड गरिएको जहाजलाई कर्णली नदीले बगाएको बताइएको छ ।

विमानमा यात्रु थिएनन् । जहाजमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाईते मात्र भएको बताइएको छ । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ । क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतका डिआइजी माधव नेपालका अनुसार अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ।