पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ४, काठमाडौँ ।</b> कतार सरकारले यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको छ ।<br></p><p>योसंगै यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको कातार स्थित नेपाली दूतावासले जनाएको छ । </p><p>यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले जनाएको छ ।</p>

