२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

२०७७, २९ फाल्गुन शनिबार ०२:१७

फागुन २९, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो।

‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सरकारलाई हटाएर नयाँ सरकार गठन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो’, पदाधिकारी बैठकपछि काठमाडौंमा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेशको कार्यक्रममा महामन्त्री डा। शशांक कोइरालाले भने, ‘त्यसका लागि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन हाम्रो जोड हुन्छ। त्यो सम्भव छ कि छैन थाहा छैन।’

केन्द्रीय सदस्य गगन थापाले राजनीतिक निकासका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको बताए। ‘ओलीलाई चाँडो घर पठाउनु छ। सकिन्छ भने कांग्रेसको नेतृत्वमा सरकार बनाएर केपी शर्मा ओलीले जति पनि संविधानमा भ्वाङ पार्ने काम गर्नुभएको छ, त्यसलाई पुर्ने काम गर्नुपर्छ। अनि मुलुकलाई निर्वाचनमा लैजानुपर्छ’, नेता थापाले भने, ‘सर्वोच्च अदालतको आदेशपछि

नेकपाले पाएको जनमत खारेज भएको छ। त्यसकारण अहिले जनादेश पाएको दल नै छैन। अब यस्तो अवस्थामा मुलुकलाई निकास दिने दायित्व कांग्रेसको काँधमा छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ