२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…’

२०७७, १० चैत्र मंगलवार १५:५०

विशेष प्रतिनिधि प्रकाश सिलवाल–चैत १०, ढाका (रासस) । दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदलगायत विशिष्ट व्यक्तिहरू सहभागी समारोहमा नेपाली कलाकारले आफ्नो बेजोड प्रस्तुति दिने अवसर पाएका छन् ।


‘असारे महिनामा…’, ‘साँघुरी वारी…’, ‘साउने खोला…’, ‘लेकाली हो हो…’, ‘शिर शाय हेगु…’, ‘झम्के फुली…’, ‘एही ठहिया…’, ‘नेपाली हामी रहौँला…’,  बोलका गीतका साथै बाँसुरी बादन र अन्य सांस्कृतिक नेपाली तथा बगलादेशी नृत्यहरूको प्रस्तुतिले अन्य सहभागीलाई पनि आकर्षित गरेको थियो । सोमबार साँझ झण्डै दुई घन्टासम्म अविछिन्न रुपमा गरिएको साङ्गीतिक प्रस्तुतिको लहरले अत्याधुनिक हलसहितको ढाकास्थितको ‘नेशनल परेड स्क्वायर’ को सभाकक्षा गुञ्जयमान भएको थियो ।

बङ्गलादेशी राष्ट्रपति हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुभएको थियो । सम्बोधनपछि उक्त सांस्कृतिक कार्यक्रम गरिएको थियो, जसलाई राष्ट्रपतिद्वयसँगै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि रसास्वादन गर्नुभएको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार भ्रमणका अवसरमा बङ्गलादेशी पक्षबाटै नेपाली कलाकारहरूको प्रस्तुति गराउन प्रस्ताव आएअनुसार तय गरिएको बताउनुभयो ।

सामान्यतः यस्ता प्रस्तुतिका लागि स्वदेशबाटै भ्रमण दलमा सहभागी गराएर कलाकारहरू लाने चलन धेरै छैन । यस पटकको भ्रमणका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती पनि विशिष्ट सदस्यका रुपमा भ्रमण दलमा सहभागी हुनुहुन्थ्यो । दुई देशबीचको उच्चस्तरीय भेटवार्तापछि सांस्कृतिक आदानप्रदानबारे समझदारीपत्रमा हस्ताक्षर पनि हुनुले दुई देशबीचको कला र संस्कृतिको आदान प्रदानको महत्व बढ्दो रहेको मान्न सकिन्छ ।

भ्रमणका लागि नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको नेतृत्वमा १९ सदस्यीय कलाकार टोली सम्मिलित भएको थियो । टोलीले राष्ट्रपति भवन शीतल निवासमा पूर्वाभ्यास गरी प्रस्तुति तय गरेको थियो ।

टोलीमा नृत्य निर्देशन शारदादेवी सिलवाल, बाँसुरी बादनमा दुर्गाप्रसाद खतिवडाले गर्नुभएको थियो । महाप्रबन्धक राईले आफ्नो तर्फबाट मेहनत गरी प्रस्तुति गरिएको र अपेक्षाकृतरुपमा राम्रो भएको बताउनुभयो । टोली सहभागी नृत्यकार सनम खड्गीले आफूले यस प्रकारको मञ्च र राजकीय भ्रमणमा पहिलो पटक प्रस्तुति दिन पाउँदा खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा भ्रमण दलमा सहभागी राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायतले उक्त सांस्कृतिक प्रस्तुति रुचिपूर्वक हेर्नुभएको थियो । भ्रमण दलमा १९ कलाकारसहित नेपाली दूतावासका समेत गरी ५४ जना सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ