२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरिन्छ : अध्यक्ष दाहाल

२०७७, १७ चैत्र मंगलवार १५:५२

चैत १७, काठमाडौँ (रासस) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी उल्ट्याउन कोसिस गर्नेविरुद्ध सशक्त प्रतिवाद गर्ने बताउनुभएको छ । 

परिवर्तनको प्रक्रियालाई मन नपराउनेहरूले जनताको बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, समावेशी र समानुपातिक उपलब्धी उल्ट्याउने र देशलाई अराजकतामा धकेल्ने षड्यन्त्र भइरहेको उहाँको भनाइ छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज २० औँ जेलब्रेक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो सङ्घर्षका साथ स्थापित समावेशी, समानुपातिक प्रतिनिधित्वलाई खण्डित गर्ने प्रयासविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । 

गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटन सामान्य परिघटना नभएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले परिवर्तन नचाहने प्रवृत्तिले गडबडी गरेको स्पष्ट पार्नुभयो । एकजुट भएर जनताबीचमा जाँदा जस्तोसुकै षड्यन्त्रलाई  पराजित गर्न सकिन्छ भन्ने तथ्य पछिल्ला दिनमा स्थापित गरिएको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “यतिबेला पनि हामीले शान्तिपूर्ण रुपमा जनयुद्ध नै गरिरहेका छौँ ।  हामी अझै एक ढिक्का भएर आन्दोलनमा गयौँ भने जनविरोधी प्रवृत्तिलाई परास्त गर्न सक्छौँ ।”

संविधान, लोकतन्त्र, समावेशी र समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि पुनः एकपटक सङ्घर्ष जरुरी रहेको भन्दै अध्यक्ष दाहालले यतिबेला पनि परिवर्तन चाहने र नचाहनेका बीचमा सङ्घर्ष जारी रहेको बताउनुभयो । गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनका लागि आजै मात्र आफूहरूले निवेदन दिएको जानकारी दिँदै अध्यक्ष दाहालले रिट निवेदकले माग्दै नमागेको विषयमा गरिएको निर्णयमा पुनरावलोकन हुने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा(एमाले) र माओवादी केन्द्रबीच एकता भई तीन वर्ष अगाडि बनेको नेकपालाई तिमीहरू आ–आफ्नैतिर लाग भनेर गरिएको फैसलालाई उहाँले विचित्रको संज्ञा दिनुभयो । केही विषयमा सर्वोच्चले आफ्नै फैसलाको पुनरावलोकन गरेको भन्दै उहाँहरूले फागुन २३ को फैसला पुनरावलोनक हुने अपेक्षा गर्नुभयो ।

फागुन ११ गते भएको फैसलाको विपरीत पछिल्लो पटक भएको निर्णय आफँैमा मिल्दो नभएकाले त्यो सच्चिने उहाँको भनाइ छ । फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले जनयुद्धका कारण नै राज्यका हरेक निकायमा महिलाको उचित प्रतिनिधित्व भए पनि अझै त्यो पुग्दो नभएको बताउनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका नेतृ पम्फा भुसाल र गोरखा जेल ब्रेकका कमाण्डर कमला नहर्कीलगायतले परिवर्तनको प्रक्रिया रोक्ने खोज्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताउनुभयो । ठीक २० वर्ष पहिले चार महिलाले गोरखा जेल ब्रेक गरेर नयाँ इतिहास कायम गरेको दिनको स्मरणमा हरेक वर्ष चैत १७ गते जेल ब्रेक स्मरण गर्ने गरिएको नहर्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै