Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डडेल्धुरामा माटो खन्ने क्रममा पुरिएर एकको मृत्यु, दुई जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत १८ अमरगढी (रासस) । डडेल्धुराको अमरगढी नगरपालिकामा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।&nbsp;</p><p>अमरगढी नगरपालिका–७ स्थित उग्रतारा मन्दिर नजिकैको जङ्गल छेउमा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर वडा नम्बर ७ ऐरीगाउँकी नारुदेवी ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । </p><p>आज दिउँसो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर अन्य दुई घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा सोही गाउँकी सारदा ऐर र कमला विक रहेका छन् । घाइते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।</p>