२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह

२०७७, १९ चैत्र बिहीबार ११:२८

चैत १९, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न ध्यानाकर्षण गराइएको हो ।

आयोगले विज्ञहरुसँग गरेको परामर्शअनुसार वायु प्रदूषणबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । हालै देखिएको अत्यधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्कने फोहर जलाउने काममा नियन्त्रण गर्न र सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी वायु प्रदूषणको अवस्थामा तत्काल सुधार ल्याउन सकिन्छ ।

गत शुक्रबारदेखि काठमाडौँै उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा असर परेको थियो । यस सम्बन्धमा आयोगले नियमितरूपमा अनुगमन गर्नुका साथै आयोगमा सरोकारवालासँग छलफल गरेको जनाएको छ ।

पछिल्लो समयमा नेपालका विभिन्न ठाउँमा आगलागी तथा डढेलो लागेको, वायु प्रदूषणका कारण आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या अत्यधिकरुपमा देखिएको सञ्चार अनुगमनबाट पाइएको जनाएको छ । सुक्खायाम, अत्यधिक डढेलो तथा पश्चिमी वायु कमजोर भएका कारण केही दिनयता देखिएको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा अत्यन्तै खराब अवस्थामा रहेकाले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने वातावरण विज्ञहरुले छलफलको क्रममा सुझाव दिएका छन् । 

वायु गुणस्तर मापन सूचक (एक्युआइ) अनुसार गत आइतबार काठमाडौँमा मापन गरिएको वायुको गुणस्तर तीन सयभन्दा बढी पुगेको देखिएकाले ज्येष्ठ नागरिक, बालबालिका, दम, श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीमा अत्यन्तै जोखिम हुने हुनाले सचेत रहनुपर्ने विज्ञहरुले ध्यानाकर्षण गराएका थिए । सोहीअनुसार सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ