सुशील दर्नाल/साउन २५, काठमाडौँ । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ । 

पत्रकारिता व्यवसाय नै नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुशील दर्नाल/साउन २५, काठमाडौँ । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ । 

पत्रकारिता व्यवसाय नै नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिरदेखि पत्रकार हुन योग्यता परीक्षण

२०७३, २५ श्रावण मंगलवार ०९:१७

सुशील दर्नाल/साउन २५, काठमाडौँ । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ । 

पत्रकारिता व्यवसाय नै नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्ने गरेको विडम्बनापूर्ण स्थितिमा काउन्सिलले मङ्सिर पहिलो सातादेखि पुराना पत्रकारको व्यावसायिक अभिलेखीकरण गर्ने र पत्रकारिता व्यवसाय गर्न चाहने नयाँ व्यक्तिका लागि योग्यता परीक्षण एकैसाथ गर्ने योजना बनाएको हो । 

योग्यता परीक्षणका लागि काउन्सिलद्वारा तयार पारिएको ‘पत्रकारको योग्यता परीक्षणसम्बन्धी प्रतिवेदन’ छलफलका लागि हालै सार्वजनिक गरिएको छ । सञ्चार क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाको सुझावको आधारमा मात्र परीक्षणलाई कार्यान्वयनमा ल्याइने काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिनुभयो । 

प्रतिवेदनअनुसार पत्रकार हुन लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा दिनुपर्ने छ । अध्यक्ष कार्कीले भन्नुभयो – “पत्रकारिता क्षेत्रको गुणस्तर घटेको मात्र छैन, सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता उल्लङ्घनका घटना पनि बढ्दै गएका छन् । यस्तो प्रवृत्तिले नेपाली सञ्चारमाध्यम र पत्रकारिता व्यवसायप्रतिको विश्वासमा ह्रास भइरहेको छ, त्यसलाई रोक्न पनि प्रेस काउन्सिलले पत्रकारको योग्यता परीक्षण गर्ने व्यवस्था लागू गर्न लागेको हो ।” 

पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीले भने आफूसँग पत्रकारिता विषयमा स्नातक वा स्नातकोत्तर गरेको प्रमाणपत्र भएपछि पत्रकार बन्न पुनः अर्को परीक्षा दिनु नपर्ने तर्क गर्दै आएका छन् । पत्रकारितामा स्नातकोत्तर गरिसकेपछि पत्रकार बन्न फेरि अध्ययन गरेर परीक्षामा बस्न लगाउनु उचित नहुने तर्क रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता विषय अध्ययनरत सुदिव आचार्यको छ । 

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ५ र ७ ले स्वस्थ पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिने र पत्रकार आचारसंहिता निर्माण गर्ने अधिकार प्रेस काउन्सिललाई प्रदान गरेको छ । त्यस्ता कानुनी व्यवस्थाका आधारमा प्रेस काउन्सिलले पत्रकारको योग्यता परीक्षणको व्यवस्था गर्न लागेको हो । 

रत्नराज्य लक्ष्मी क्याम्पस, पत्रकारिता विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले वकिल, डाक्टर, इञ्जिनियर बन्नका लागि योग्यता तोकिएको अवस्थामा आमजनतासँग प्रत्यक्ष जोडिएको पत्रकारिता पेसामा लाग्न योग्यता तोकिनु कुनै नौलो विषय नभएको धारणा राख्नुहुन्छ । 

संयुक्त राज्य अमेरिकामा कुनै विषयमा ग्य्राजुएट र अन्डरग्य्राजुएटमा पत्रकारिता पढेको व्यक्ति पत्रकार बन्न सक्छन् । ग्य्राजुएट नभएका पत्रकारले पत्रकारितामा प्रवेश पाउँदैनन् । अस्टे«लियामा पत्रकार हुन पत्रकारितामा शैक्षिक उपाधि ग्रहण गरी एक वर्षको ग्य्राजुएट क्याडेटसीप हासिल गर्न आवश्यक छ । त्यस्तो योग्यता नभए तीन वर्षको क्याडेटसीप अनिवार्य मानिन्छ । 

काउन्सिलले योग्यता परीक्षणको पाठ्यक्रममा पत्रकारिताको सामान्य सिद्धान्त, पत्रकारिता गर्न आवश्यक पर्ने न्यूनतम ज्ञान, सीप र पत्रकारले पालना गर्नुपर्ने र आचारसंहितालाई जोड दिएको देखिन्छ । यस्तो परीक्षा लिन कतैबाट प्रभाव र नियन्त्रण हुन नसक्ने विज्ञहरुको स्वतन्त्र संयन्त्र बनाइने काउन्सिलका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । वरिष्ठ पत्रकार कहलिन भने १५ वर्षभन्दा बढी जिम्मेवार र उत्तरदायी भई पत्रकारिता व्यवसायद्वारा समाज र राष्ट्रलाई विशिष्ट योगदान दिएको हुनुपर्नेछ । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले रासससँग कुरा गर्दै पाठ्यक्रमअनुसार परीक्षामा उत्तीर्ण भएमा मात्रै पत्रकार हुनसक्ने भन्ने सवाल चित्त बुझ्दो नभएको टिप्पणी गर्नुभयो । “काउन्सिलले लिने परीक्षा उत्तीर्ण गरेबापत तोकिएकै सञ्चारमाध्यममा काम गर्न पाइने निश्चित छैन, त्यसैले पत्रकारको परीक्षा सम्बन्धित मिडिया हाउसले मात्र लिन सक्छ” – अध्यक्ष विष्टले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै