पढ्न करिब 1 मिनेट लाग्छ

साउन २५, बैतडी ।  बैतडीमा आज एक व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा रौलेश्वर गाविस– ७ विष्टपाटाका ४६ वर्षीय उद्घव विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले राससलाई जानकारी दिनुभयोे ।

विष्ट सोमबार बेलुका बाख्रा हराएको भन्दै जङ्गलतर्फ गएको र घर नफर्केपछि घरपरिवारले खोजतलास गर्दा आज घर नजिकै मृतावस्थामा फेला परेको बताइएको छ । घटनास्थल सदरमुकामबाट १० घन्टाको पैदल दूरीमा पर्छ । रासस