Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज ५ हजार ७२७ जना कोरोना सङ्क्रमित थपिए, कुन जिल्लामा कति ? (विवरण सहित)

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १७, काठमाडौं | पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ४ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।