२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हावाबाट पनि कोरोना सर्ने, यसरी अपनाउनुहोस् सावधानी

२०७८, २६ बैशाख आईतवार ०६:३१

वैशाख २६, काठमाडौँ । हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ ।

सीडीसीद्वारा जारी कोरोना भाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुन सक्ने उल्लेख छ । संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा छाड्ने र ती कण हावामै केही समय जीवित रहन सक्ने भएकाले हावामार्फत् कोरोना सर्ने सो केन्द्रले जनाएको छ ।

यसरी हावामा आएका संक्रमित कणहरु केही मिनेटदेखि केही घण्टासम्मै हावामा जीवित रहन सक्ने उसको भनाइ छ । खुला ठाउँमा ६ मिटरको दुरी राखेर मास्क लगाई बस्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना कम हुने भए पनि यदि बन्द कोठाभित्र संक्रमित व्यक्ति १५ मिनेटभन्दा लामो समय रहेको छ भने संक्रमण हावामा समेत मिसिन सक्ने बैज्ञानिकहरुले बताएका छन् । यस्तो अवस्थामा यदि संक्रमण नभएको व्यक्ति ६ फिटभन्दा टाढा भए पनि उसलाई संक्रमण हुन सक्छ ।

गत महिना लासेन्ट जर्नलमा प्रकाशित रिपोर्टले कोरोनाको संक्रमण हावाबाट पनि फैलिने तथ्य उजागर गरेको थियो । जसमा र्‍यालबाट मात्र नभई हावाबाट पनि कोरोना सर्न सक्ने भन्दै ३ घण्टासम्म हावामा कोरोना भाइरस जीवित पाइएको भनिएको छ ।

सुरुमा हावाबाट कोरोना फैलिने कुरा मान्न तयार नरहेको विश्व स्वास्थ्य संगठनले पनि आफ्नो गाइडलाइन अपडेट गरी हावाबाट कोरोना सर्न सक्ने बताएको छ । लासेन्ट जर्नलको रिपोर्टपछि नै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले पनि आफ्नो गाइडलाइनमा अपडेट गरेको हो ।

बन्द कोठामा नभेट्न सुझाव

हावाबाट पनि कोरोना सर्न सक्ने नयाँ तथ्यसँगै वैैज्ञानिकहरुले भेन्टिलेसन नभएको बन्द कोठामा संक्रामक वा संक्रमणको जोखिम भएका व्यक्तिसँग ६ मिटरको दुरी राखेर पनि नभेट्न सुझाएका छन् ।

यसअघि सीडीसीले भाइरसको संक्रमण अधिकांश समय संक्रमितको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख गरेको थियो । त्यस्तै उसले भाइरस वायुको माध्यमबाट नसर्ने बताउँदै आएको थियो ।

संक्रामक रोग विज्ञहरुले भने भाइरस अति साना हावामा हुने कणबाट पनि सर्न सक्ने भन्दै सीडीसी तथा विश्व स्वास्थ्य संगठनलाई सचेत हुनुपर्ने बताउँदै आएका थिए । श्रोत : अनलाइनखबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा