Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

काठमाडौं उपत्यकामा निषेधाज्ञाको जेठ १० सम्म थप्ने तयारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २७, काठमाडौँ | काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ ।

यसअघि वैशाख २२ गतेदेखि एक साताका लागी जारी गरिएको निषेधाज्ञाको समय वैशाख २९ सम्म थपिएको थियो । अब मंगलबार बैठक बसेर त्यसबारे औपचारिक निर्णय हुनेछ ।

कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।

संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार पनि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको निर्णय गर्न सक्छन् । उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरिएको थियो ।