Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अमेरिकामा कोभिड–१९ सङ्क्रमित सङ्ख्या घट्ने क्रम जारी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २७, न्यूयोर्क (रासस/एपी) । अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी रहेको छ । उक्त समयमा कोभिड–१९ सङ्क्रमित ६६७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँकोसरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार बिगत दुई हप्तामा सङ्क्रमित सङ्ख्या ३० प्रतिशतको हाराहारीमा कम भएको देखिएको छ ।

अमेरिकामा सोमबारसम्म कूल पाँच लाख ९५ हजार ३०२ सय कोभिड सङ्क्रमितको मृत्यु भएको छ । यो दुई हप्तामा मृत्यु सङ्ख्यामा छ प्रतिशतले कमी आएको बताइएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा विगत २४ घण्टामा ३९ हजार ७२ व्यक्ति अस्पतालमा कोरोना उपचारको  लागि भर्ना भएका भएपनि अघिल्लो हप्ताभन्दा अस्पताल पुग्ने विरामीको सङ्ख्या अत्यधिक कम रहेको उल्लेख गरिएको छ ।

आइतबारसम्म कोरोनाबाट संक्रमित हुने अमेरिकीको सङ्ख्या तीन करोड २७ लाख ७९ हजारभन्दा बढी रहेको छ । यहाँ कोभिड–१९ विरूद्धको दुबै खोप लगाउनेको सङ्ख्या ३४ प्रतिसत पुगेको छ भने एक मात्रा मात्र खोप मात्र लगाउनेको संख्या ४६ प्रतिशत पुगेको छ ।