२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने

२०७८, २८ बैशाख मंगलवार ०२:१२

बैशाख २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो ।

पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका हुन् ।

एमाले संसद्ीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दलसम्बन्धी ऐन र एमालेको विधानबमोजिम कारबाही हुने’ प्रस्ट पारेका छन् ।

नेपाल समूहको सोमबार नै बसेको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगरी अनुपस्थित हुने निर्णय गरेको हो । सामूहिक राजीनामा दिने चर्चाबीच नेपाल समूहमै मतभेद भएपछि अनुपस्थित हुने निर्णय भएको थियो ।

अनुपस्थित समानुपातिक सांसदलाई भने कानुनबमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवार जिताउनेबारे नेतृत्व तहमा छलफल भएको स्रोतको दावी छ ।

८ समानुपातिक सांसदहरू रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको हो ।

प्रत्यक्ष निर्वाचित २० सांसदको हकमा अहिले केही नगर्ने र पार्टी एकताका लागि अझै उनीहरुलाई मौका दिइने एक एमाले नेताले राजधानीलाई बताए । नेपाल समूहले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमालेलाई २ जेठ २०७५ कै अवस्थाबाट अघि बढाउनुपर्नेमा जोड दिँदै आएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा