Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सर्वोच्चद्वारा नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २८, काठमाडौं (रासस)। सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र  अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनधुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न आज आदेश जारी गरेको हो ।

“थप साधनयुक्त अस्पतालहरु सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्नेसमेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनू”, आदेशमा भनिएको छ, “अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू ।”

नागरिकको जीवनसँग प्रत्यक्ष चासो राख्ने सरोकार पक्षको प्रतिनिधित्वसमेत हुने गरी एउटा कार्यसमितिको  निर्माण गरी समस्या समाधान प्रभावकारी ढंगले गर्न गराउन स्वास्थ्य तथा  स्वास्थ्य  मन्त्रालयलाई आदेश दिइएको छ ।

कोरोना संक्रमणको महामारीबाट बचाउन परमादेशको माग गर्दै अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।