पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भई २२५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।