२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु

२०७८, ३० बैशाख बिहीबार ०२:४१

बैशाख ३०, काठमाडौं । रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए ।

सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशन÷प्रसारित थिए । मंगलबार साँझदेखि अभाव चर्केपछि अस्पतालका प्रशासकले मध्यरातसम्म जिल्ला प्रशासनमा उपस्थित भएर अक्सिजन माग गरेका थिए । तर, कतै सुनुवाइ भएन ।

समस्याबारे जानकारी पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रदेशको उत्पादनका अतिरिक्त चितवन, पोखरा र विराटनगरबाट अक्सिजन रिफिल गरेर भए पनि समस्या समाधानको प्रयास जारी छ, लिक्विड पनि ल्याइँदै छ ।’ उनले भनेजस्तो तत्काल अक्सिजन व्यवस्थापन भएन ।

अक्सिजन अभावमा मंगलबार राति र बुधबार गरी १४ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको भैरहवास्थित भीम अस्पतालमा र बाँकीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा