२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा सङ्क्रमणको त्रास : एउटै बस्तीमा ४० सङ्क्रमित

२०७८, ३० बैशाख बिहीबार ०५:०६

वैशाख ३०, महोत्तरी (रासस)। चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । 

पूर्वपश्चिम राजमार्गबाट छ/सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता सङ्क्रमण ह्वात्तै बढेको हो । बस्तीका ४० जनामा पिसिआर परीक्षणबाट सङ्क्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिनुभयो ।

बस्तीमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्ती केन्द्रित स्वाव सङ्कलन र परीक्षण थालिएको थियो । जाँच परिणामबाट बस्तीमा सङ्क्रमण जोखिम निकै बढेको पाइएको यादवको भनाइ छ । सङ्क्रमण बढेपछि बस्तीमा आम सर्वसाधारण त्रासमा परेसँगै सचेत पनि हुँदै गएका स्वास्थ्यकर्मीको ठम्याइ छ । 

ग्रामीण परिवेशको सो बस्तीमा स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । बर्दिबास नगरक्षेत्रमा वैशाख महिनाभित्र १०० को हाराहारीमा सङ्क्रमण पुष्टिका घटनामध्ये अन्य वडा बस्तीमा छिटफुट पाइए पनि चेरुमा भने डरमर्दो स्थिति बनेको छ ।

पछिल्लो एक/दुई दिनयता चाहिँ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तथा बर्दिबास नगरपालिका र बर्दिबास उद्योग वाणिज्य सङ्घले जारी गरेका सूचना प्रभावले सामूहिक हिँडडुल र जमघट घट्दै गएको र राष्ट्रव्यापी मानवीय क्षतिका घटना समाचारबाट आउँदा आम मानिस सचेत बन्दै गएको नगरप्रमुख विदुरकुमार कार्की बताउनुहुन्छ । यसबीचमा सङ्क्रमण देखिएका बस्तीमा सघन स्वाब परीक्षण, सचेतना प्रवाह र आइसोलेशनकक्षको व्यवस्थापनमा जुटिएको कार्कीको भनाइ छ । 

बर्दिबास नगरक्षेत्रमा सङ्क्रमण प्रभाव बढेपछि सामाजिक क्षेत्रबाट पनि रोकथामको पहलकदमीका लागि प्रयास थालिएका छन् । बर्दिबासचोकमा लियो क्लब अफ बर्दिबासले हेल्थ डेस्क स्थापना गरेर सर्वसाधारणको ज्वरो नाप्ने तथा सावधानी अपनाउनु पर्ने पक्ष बताउने गरेको छ । त्यसैगरी बर्दिबास उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सचेतना बढाउन र सुरक्षित हुने उपायका लागि ‘पुरानो मास्क फाल्नुहोस् , नयाँ लगाउनुहोस’ भन्ने अभियान नै सञ्चालन गरेको छ । यी प्रयत्नले सङ्क्रमण रोकथाममा सहयोग गरेको नगरप्रमुख कार्की बताउनुहुन्छ ।

नगरपालिकाले गत वर्ष २०७७ मै बढेको सङ्क्रमणसँगै पिसिआर मेसिन खरिद गरी निःशुल्क स्वाब जाँचको व्यवस्था गरेको छ । त्यतिखेर सञ्चालनमा ल्याइएको आइसोलेशन कक्ष मङ्सिरयता सङ्क्रमण देखिन छाडेपछि हटाइएको थियो । अहिले नयाँ वर्ष २०७८ प्रारम्भयता दोहोरिएर सङ्क्रमण बढेपछि पुनः १०० शय्याको आइसोलेशन व्यवस्थापनमा लागिएको नगर कार्यपालिकाले जनाएको छ । व्यवस्थापन गर्न लागिएको नयाँ आइसोलेशन कक्षमा अक्सिजनको सुविधासमेत मिलाइने नगरप्रमुख कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा