२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकका लागि भिडियो बनाउँदा पेस्तोल पड्किएर एक युवकको मृत्यु

२०७८, ६ जेष्ठ बिहीबार १५:५४

जेठ ६, स्वात, पाकिस्तान (रासस/एएनआई) । भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ ।

आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ बर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  

काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलको स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् । 

“हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरण अनुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैले आफैलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ,” एक प्रहरी अधिकारीले भने । 

घटना भएको थाहा पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ ।

निधन भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा