Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एमालेका एघार पूर्वसांसदलाई स्पष्टीकरण सोधिने

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ८, काठमाडौँ (रासस) । नेकपा (एमाले)ले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप उहाँहरुलाई लगाएको छ  ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

स्पष्टीकरणका आधारमा पार्टीले थप निर्णय गर्ने बताइएको छ ।   जवाफ यही जेठ १० गतेभित्र पेश गर्न भनिएको छ ।  उहाँले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक छलफल गरिएको बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिश गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गर्नुभएको थियो । “आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हराएर त्यसका ठाउँमा कांग्रेसका सभापति  देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर जाने कुरा अनुमान नै गर्न नसकिने  थियो,” उहाँले भन्नुभयो, “देशभरि पार्टी एकताका लागि आवाज उठिरहेको छ । कार्यदलले काम गरिरहेको थियो  तर फेरि आफ्नै प्रधानमन्त्रीविरुद्ध पार्टीका साथीहरुले हस्ताक्षर गर्नुभयो ।”

यसअघि पनि पार्टीका केही नेतासँग स्पष्टीकरण सोधिएको थियो ।  तीमध्ये नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारवाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा गरेको थियो ।

पार्टी कार्यदलले  समस्या समाधान गरिरहेका अवस्थामा पार्टीकै नेताका कारण फेरि समस्या आएको उहाँको भनाइ थियो ।  उहाँले गत वैशाख २७ गते संसद्मा अनुपस्थित भएर केही साथीहरुले जुन गल्ती गर्नुभयो फेरि त्यो गर्नुहुन्न भन्ने प्रधानमन्त्रीलाई लागेको उहाँले बताउनुभयो ।  पार्टीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफ्नो ध्यान केन्द्रित गर्ने निर्णय पनि गरेको छ ।