Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शक्तिशाली चक्रवातको असर नेपालमा पर्दै, सुरक्षित रहन महाशाखाले अनुरोध

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

जेठ १०, काठमाडौं । हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून-चापीय क्षेत्र आज सोमबार (जेठ १० गते) चक्रवातमा परिणत भई मंगलबार सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त चक्रवातको केहि असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सो प्रणालीका कारण  मंगलबार (११ गते) अपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ । तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केहि दिनसम्मका लागी पर्वतारोहिहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ।

देशका धेरै स्थानहरुमा बुधबार (१२ गते) बाट केहि दिन हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहिबार (१३ गते) कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एक-दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च हिमाली भू-भागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहिहरूलाई सतर्क रहन हुन अनुरोध छ।

यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०२/१० देखि २०७८/०२/१२)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १० गते (सोमबार)

दिउँसो: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ ११ गते (मंगलबार)

दिउँसो: प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १२ गते (बुधबार)

दिउँसो: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।