२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधाज्ञामा कडाई :बिनाकाम हिँड्नेलाई २००, मोटरसाइकल र गाडीलाई पाँच हजारसम्म जरिवाना

२०७८, १० जेष्ठ सोमबार १०:१०

जेठ १०, काठमाडौं । अब सरकारले निषेध गरेको समयमा कामबिना बाहिर हिंड्नेलाई हरेकपटक दुई सय रुपैयाँसम्म जरिवाना हुने भएको छ। यसका साथै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पनि पटकैपिच्छे सय रुपैयाँ जरिवाना लाग्नेछ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको सूचनाले यस्तो जनाएको हो । जसमा मास्क नलगाउने व्यक्तिदेखि निषेधाज्ञाका दौरान लगाइएको नियम पालना नगर्ने दुई तथा चार पाङ्ग्रे सवारी साधनलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख छ।

सूचनाअनुसार, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना गरिने भएको छ।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को संक्रमण नेपालमा पनि तीव्ररूपमा बढ्दै गएको भन्दै थप कडाइ गर्न लागिएको हो। सरकारले कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थितरूपमा संचालन गर्न अध्यादेश नै जारी गरेको छ। सोही अध्यादेशलाई प्रशासनले कार्यान्वयनमा ल्याएको हो। अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र त्यसो गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

सूचनामा उल्लेख भएअनुसार अध्यादेशबमोजिम जारी भएको मापदण्डको पालना सबैले गर्नुपर्ने बताइएको छ। पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाइएको छ। कुनै व्यक्तिले उक्त आदेश उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्नेछ।

साथै, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाउने पाइने छैन। चलाएमा पटकैपिच्छे दुई पाङग्रे सवारी साधन भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रुपैयाँ तत्कालै सुरक्षाकर्मीले जरिवाना गर्नेछन्।

सवारीसाधनलाई सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा समेत लिने सक्नेछन्। अध्यादेशविपरीतको काम गर्ने संस्था वा व्यवसायलाई उल्लेखित सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा