Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

व्यवसायी शिवाकोटीद्वारा जन्मदिनको अवसरमा खाद्यान्न र आर्थिक सहयोग प्रदान

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ १३, काठमाडौँ । अञ्जली ओभरसीज प्रा.लि.का सञ्चालक टिका शिवाकोटी आदर्शले आफ्नो जन्मदिनको अवसरमा ललितपुर सैंबुस्थित बाल सेवा गृहमा आश्रित वालवालिका र झापाको साधुटारसिथत श्री शंकरराचार्य पीठलाई सहयोग राहत प्रदान गरेका छन् । आफ्नो ४५ औ जन्मदिनको अवसर पारेर सञ्चालक शिवाकोटीले ललितपुर सैंबुस्थित बाल सेवा गृहका वालवालिकालाई पच्चीस हजार रुपैयाँको खाद्यान्न र अनाथ वालवालिकालाई कापी कलम लगायत शैक्षिक सामग्री प्रदान गरेका हुन् । १४ जना वालिवालिका आश्रित रहेको बाल सेवा गृहमा खाद्यान्न अभाव रहेको जानकारी पाएपछि संक्षिप्त कार्यक्रम गरी सहयोग प्रदान गरेको सञ्चालक शिवाकोटीले बताए ।

राहत प्रदान कार्यक्रमको संयोजन श्रीमती संगीता शिवाकोटी तथा बरिष्ठ गायक एवं संगीतकार तिलक बस्नेत र नरेश पाठकले गरेका थिए । साथमा सांगितिक कार्यक्रमपनि सञ्चालन गरिएको थियो ।  बाल सेवा गृहका सञ्चालक जयराम टमटाले अनाथ वालवालिकाको आश्रयस्थल रहेको गृहलाई सहयोगको पुण्यकार्य गरेको भन्दै सञ्चालक शिकाकोटीको  सुस्वास्थ्य दीघार्यु तथा उत्तररोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी शिवाकोटीले जन्मदिनको अवसर पारेर गुरुकुल समेत सञ्चालित रहेको श्री शंकररार्य पीठलाई १६ हजार १६ रुपैयाँ प्रदान गरेका  छन् । अक्षयकोष स्थापनाको लागि आफु जन्मेको एक दिनको एक रुपैयाँको दरले हुन आउने रकम दान गरेको  सञ्चालक शिवाकोटीले बताए । उक्त पीठले गुरुकुल सञ्चालनका लागि रु.एक दान अभियान सञ्चालन गरिरहेको छ ।