पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १४, काठमाडौँ (रासस)। </b>प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उहाँले अपराह्न ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । <br></p><p>सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने छ । संवैधानिक व्यवस्थानुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदैछ । </p>

