पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २१, काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ ।

यानसेतु अर्थात् एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल हो ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको नयाँ बन्ने टर्मिनल भवन छ वटा यानसेतु रहने गरी डिजाइन भएको छ ।

डिजाइनको काम भारतीय परामर्शदाताले गरिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ टर्मिनल भवनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेपछि दोस्रो टर्मिनल भवनका लागि बोलपत्र आह्वानको तयारी अगाडि बढाइएको छ । सरकारले बजेटमा गौतमबुद्ध विमानस्थलका लागि तीन अर्ब ५४ करोड रुपियाँ विनियोजन गरेको छ ।

विमानस्थलका लागि पर्याप्त बजेट छुट्टिएकाले अब छिट्टै बोलपत्र आह्वान गरिने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।