२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशका धेरै स्थानहरुमा मेघगर्ज सहित वर्षा, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

२०७८, १ असार मंगलवार ०८:२५

असार १, काठमाडौँ । हाल भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण आज दिउसो र राती नेपालका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशको केहि भू-भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको छौं। तसर्थ सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ। थप जानकारीको लागिः मौसम पुर्वानुमान महाशाखाको वेभसाईट http://www.mfd.gov.np/ र बाढी पुर्वानुमान महाशाखाको वेभसाईट http://www.hydrology.gov.np/ मा अद्यावधिक हुन अनुरोध गरिएको छ ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिन 

मौसम विश्लेषण 

देशभरी मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था 

हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश,  र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश न. २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षा भईरहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार १  गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

२०७८ असार २  गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश,   कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी बर्षाको सम्भावना छ ।

२०७८ असार ३  गते (बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश न.१ र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी बर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा