२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा कोभिडका सङ्क्रमित घट्दै

२०७८, ४ असार शुक्रबार १५:५७

असार ४, (रासस/सिन्ह्वा) । दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरु घट्दै गएको बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ दैनिक देखिने सङ्क्रमितको संख्यामा कमी आएको बताएका हुन् ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ बिहीबार मात्र २४ घन्टामा ५०७ जना माात्र सङ्क्रमित भेटिएको जानकारी दिएका छन् ।दक्षिण कोरियामा त्यसको अघिल्लो दिन अर्थात् बुधबार ५४० जना सङ्क्रमित भेटिएका थिए । त्यो भन्दा अघिल्लो दिन यहाँ ५८० जना सङ्क्रमित भेटिएका थिए ।
यसअघिका हप्ताहरुका तुलनामा कोरियामा सङ्क्रमितको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । यहाँ अहिले पनि सबैभन्दा बढी सङ्क्रमित राजधानी सोलमा देखिने गरेका छन् । गएको वर्षदेखि नै कोरियामा सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिएका हुन् ।
बिहीबार देखिएका सङ्क्रमितहरुमध्ये पनि सबैभन्दा धेरै राजधानी सोलमा १९७ जना देखिएका बताइएको छ । हालसम्म यहाँका १ लाख ५० हजार जना भन्दा बढी संक्रमित देखिएका छन् । त्यसैगरी यहाँ अहिलेसम्म करिब २ हजार जनाको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते