Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ५, काठमाडौं । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा  बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको  तेल (सोयाविन तेल) महँगिएको छ ।

कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लावर तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ ।

सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र तोरीको तेल २५० बाट ३२० रुपियाँ पुगेको छ । घिउ–तेल उत्पादक उद्योगीहरु तेलको मूल्य  नेपालभन्दा विश्व बजारमा अझै बढी दरले  बढेको  दाबी गर्छन् ।

वनस्पति  घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीप कुमार अग्रवालले  तेलको मूल्य बढ्नुको  मुख्य  कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा  पदार्थको उच्च वृद्धि नै भएको बताए

उनले अन्य कारणले पनि मूल्य बढेको र त्यसमा प्याकिङमा प्रयोग हुने  सामान, खानेतेलमा बढेको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र  पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायत रहेको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।