२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी

२०७८, १४ असार सोमबार ०४:४२

असार १४, काठमाडौँ (रासस)। टोखा नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजुरी बाटोको विवाद तथा जग्गाको सिमाना मिचिएकोलगायतका छन् । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद तथा महिला हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेको राससलाई जानकारी दिनुभयो । यस्तै सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरिपाऊँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् । टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७ मा ३९ र चालु आव २०७७/७८ मा ३४ उजुरी परेका छन् । चालु आवमा परेका ३४ उजुरीमध्ये १७ उजुरी फैसला भइसकेको नगरपालिकाले जनाएको छ । 

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य रहनुभएको छ । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रूपमा हुनुहुन्छ । नगरपालिकामा आउने उजुरी सबै लिखितरूपमै आउने गरेको उपप्रमुख डङ्गोलको भनाइ छ । 

नगरपालिकामा उजुरी आउने क्रम बढेपछि टोखाले प्रत्येक वडामा ‘मेलमिलाप केन्द्र’ स्थापना गर्ने भएको छ । टोखाको बुधबार सम्पन्न नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलमिलाप केन्द्रमा आवश्यक जनशक्तिलाई तालिम प्रदान गर्ने कार्यक्रम अगाडि सार्नुभएको हो ।  

विसं २०७४ पुस २७ मा स्थापना भएको टोखाको न्यायिक समितिमा मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । सोमबार बस्ने इजालसका लागि आइतबार उजुरीको अध्ययन गर्दै आएको टोखाले जनाएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिन पनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताउनुभयो । नगरपालिकाले कार्यविधि ऐन, २०७५ अनुसार न्याय दिँदै आएको छ । टोखा नगरपालिकामा ११ वडा छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ