Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै, विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २७, इस्लामावाद, पाकिस्तान, (रासस/एएन्आई) । पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ ।

मे ३० पछि पाकिस्तानमा सङ्क्रमण दर पहिलो पटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण रिपोर्ट अनुसार पाकिस्तानमा विगत २४ घण्टामा ४८ हजार ३६२ जनाको कोभिड–१९ परीक्षण भएकोमा एक हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो अवधिमा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित २७ विरामीको मृत्यु भएको छ । सङ्क्रमण सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेको छ भने दोस्रो बढी प्रभावित पाकिस्तानी राज्य ख्यैबर पाकथुङ्क्वा हो ।

पाकिस्तानमा अहिल्सम्म कूल  नौ लाख ७३ हजार २८४ सङ्क्रमित रहेका छन् २२ हजार ५८२ सङ्क्रमितको कोभिडका कारण मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्ममा कूल ३७ हजार सक्रिय सङ्क्रमित रहेका छन् ।

अहिलेसम्म सिन्ध प्रान्तमा तीन लाख ४६ हजार ३६०, पञ्जाबमा तीन लाख ४८ हजार ८५ ख्यैबर पाकुङ्ख्वामा एक लाख ३९ हजार ३१३, इस्लामाबादमा ८३ हजार ६४७, बालोचिस्तानमा २७ हजार ९६१, गिलगिट–बाल्टिस्तानमा छ हजार ८५१ र विवादित पाकिस्तान प्रशासित काश्मिरी क्षेत्रमा २१ हजार ६७ व्यक्ति सङ्क्रमित भएका छन् ।

यसैबीच स्वास्थ्य अधिकारीहरूले पाकिस्तानी यी राज्यहरूमा कोरोना भाइरसको चौथो लहर फैलिने खतरा रहेको भन्दै सावधानीका लागि सरकार तथा नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह  गरेका छन् ।

पाकिस्तानमा जुलाईको अन्त्य वा अगस्टको सुरूतिर कोरोना भाइरसको चौँथो लहर फैलिनसक्ने जोखिम रहेको जियो न्यूजले अधिकारीहरूलाई अद्धृत गरी आफ्नो समाचारमा लेखेको छ ।