२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

२०७८, १२ श्रावण मंगलवार ०५:४०

साउन १२, बैतडी (रासस)। बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन् । दुवै जनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् । यस्तै सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

गत पुसमा दोगडाकेदार–१ रीमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले योजना बनाएर मन्दिरको सुन लुटेको पुष्टि भएको थियो । उनीहरु चारै जनामाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

मन्दिरको सुन पुसमा चोरिएको भए पनि चैतमा मात्रै थाहा भएको थियो । चैतपछि गाउँमा स्थानीयवासीले सुन चोर्नेको सोधीखोजी गरेका थिए । उनीहरुले असार अन्तिम साता मात्रै मन्दिरको सुन चोरी भएको विषयमा प्रहरीलाई जानकारी गराएका थिए । लटिनाथ मन्दिरमा नौ तोला सुन रहेकामा पौने चारतोला प्रहरीले बरामद गरिसकेको छ भने बाँकी सुन बिक्री भएको खुलेको छ । बिनाबिलको सुन खरिद गर्नु गैरकानूनी कार्य भएकाले मन्दिरबाट लुटिएको सुन खरिद गर्नेमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । 

यसैबीच लटिनाथ मन्दिरको सुन भण्डार घरको ताला फोडेर चोरेको पुष्टि भएको छ । गत पुसमा धनबहादुर, लालबहादुर, केशव र हरिकृष्णले योजना बनाएर सुन लुटेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । मन्दिरका पुजारी नैनराम सार्कीले गत चैतमा मात्रै मन्दिरको सुन लुटिएको बारेमा थाहा पाएका थिए । मन्दिरमा नौ तोला सुन रहेकामा र उनीहरुले भण्डार घरको ढोका फोडेर सुन लुटेका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस