पढ्न करिब 2 मिनेट लाग्छ

साउन २१, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिनको दायरामा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

हाल मन्त्रालयअन्तर्गत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत तीनजना चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशङ्कामा छानबिन भइरहेको छ । मन्त्रालयले ती चिकित्सकको नाम सार्वजनिक गरेको छैन ।

छानबिनमा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र तत्काल मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले छानबिनको दायरा रहेका चिकित्सकलाई बिरामीको स्वास्थ्य जाँच गर्नबाट तत्काल रोक लगाउन सचिव डा उप्रेतीलाई आइतबार निर्देशन दिनुभएको थियो ।

शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब ५० चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो । अयोग्य चिकित्सक हिरासतबाट रिहा भएपछि पुनः आफ्नै कार्यक्षेत्रमा फर्केको र बिरामीको स्वास्थ्य जाँच गरिरहेको भन्ने सूचना आएपछि प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको थियो ।

“हामीले मन्त्रालयअन्तर्गतका निकायमा कार्यरत नक्कली शैक्षिक प्रमाणपत्र रहेको आशङ्का गरिएका चिकित्सकलाई तत्काल मन्त्रालयमा हाजिर हुन र बिरामीसमेत नजाँच्न निर्देशन दिएका छौँ”-सचिव डा उप्रेतीले भन्नुभयो ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गत असार ५ गते ३६ नक्कली चिकित्सक पक्राउ गरेको थियो । तीमध्ये काठमाडौँबाट १३, पर्साबाट, मोरङ र चितवनबाट तीन, ललितपुर र धनुषाबाट दुई÷दुई, दाङ, कास्की, झापा र सुनसरीबाट एक/एक चिकित्सकलाई पक्राउ गरेको थियो ।

यस्तै, यही साउन २४ गते ललितपुर र काठमाडौँबाट एक/एक चिकित्सकलाई सोही आशङ्कामा ब्युरोले पक्राउ गरी प्रहरीले विशेष अदालतमा मुद्दा चलाएको छ । रासस