Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एमाले स्थायी कमिटी बैठक स्थगित

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३२, काठमाडौँ । आजका लागि तय भएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगन भएको छ ।

काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदानकुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्तादेउराली– ७, खहरे खोलामा सोमबार दुर्घटना भएका घाइतेको भेटघाटमा पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा अन्य वरिष्ठ नेता सर्वदलीय बैठकमा जानुपर्ने भएकाले बैठक स्थगन भएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आइतबारदेखि सुरु भएको कमिटीको अर्को बैठक बुधबार मध्याह्न १२ बजेका लागि राखिएको छ । बैठकका लागि एमाले नेतृत्वको सरकारको समीक्षा, नयाँ राजनीतिक गठबन्धन, स्थानीय निकाय पुनः संरचनाबारे पार्टीको धारणा, प्रदेश कमिटीको संयोजक चयन, सल्लाहकार र ज्येष्ठ नागरिकमा मनोनयन लगायत कार्यसूची तय गरिएका छन् । रासस