२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनपरी कानून निर्माणको होडबाजी रोक्न नयाँ कानून ल्याइँदै

२०७८, २२ भाद्र मंगलवार १०:०४

नारायण न्यौपाने । भदौ २२, काठमाडौं । प्रत्यायोजित अधिकारका नाममा मनपरी ढङ्गबाट कानून निर्माणको होडबाजी चलेपछि यसलाई व्यवस्थित तुल्याउन संसदीय समितिले नयाँ ऐन ल्याउने तयारी गरेको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित अधिकारको दुरुपयोग गरी अन्धधुन्दरुपमा कानून बनाइएकाले यसलाई रोक्न नयाँ कानुनको आवश्यकता औँल्याएको हो । 

समितिका सभापति रामनारायण विडारीले देशमा कति ऐन, निर्देशिक, मापदण्ड, नियमावली, कार्यविधि, मार्गदर्शन, दीग्दर्शन छ भन्ने कुरा कहीँकतै लेखाजोखा नै नरहेको प्रतिक्रिया  दिनुभयो । उहाँका अनुसार मुलुकमा कतिवटा कानून छ भनी यकिन गर्न सक्ने अवस्था छैन । 

सभापति विडारीले भन्नुभयो,“प्रत्यायोजित कानून मनपरी बनेपछि कानूनको ठूलो जङ्गल नै भएकोछ, भष्ट्राचारी र कुशासन गर्नेलाई सजिलो भएको छ, यो भद्रगोललाई नियन्त्रण गर्न एउटा ठिकढङ्गको नयाँ कानून आवश्यकता परेको छ ।”

कानून बनाउने अधिकार र जिम्मा सदनलाई भए पनि मनपरी ढङ्गबाट कानून बनाउन थालिएपछि ८० प्रतिशत कानून संसद् बाहिर  बन्न पुगेको समितिको ठम्याइ छ । संसद् २० प्रतिशत मात्र सीमित भएपछि सरकारका मन्त्री र सचिवलगायतका पदाधिकारीको इच्छा र मनमौजीमा अनुचितकार्य गर्न दूषित नियतले कतिपय कानून बनाएर लागू गरिएको पाइएको सभापति विडारीले जानकारी दिनुभयो ।

लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका विश्वका कतिपय मुलुक बेलायत, क्यानाडा, अस्ट्रेलिया या र अमेरिकामा प्रत्यायोजित विधायन निर्माणको राम्रो प्रचलन र अभ्यास छ । सदनद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी कानून बनाउदा प्रदान गरेको अधिकार भन्दा दायाँबायाँ वा तलमाथि जान नमिल्ने विज्ञको मतछ । ऐनमै प्रयायोजित गरेको अधिकार कति छ भनी किटान हुनुपर्छ । 

नेपालमा प्रत्यायोजित विधायन निर्माण सम्बन्धमा निकै जटिलता रहेको जनाउँदै सभापति विडारी भन्नुभयो, “संविधान  मातहत ऐन तथा ऐन अन्तर्गत बन्नुपर्छ, प्रत्यायोजित विधान मनपरी बनाए । यो भद्रगोल अवस्थालाई अन्त्य गर्न नयाँ बनाइने ऐनमा कसरी लागू हुन्छ भन्ने स्पष्ट हुनेछ ।”

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरी दिएको प्रत्यायोजित विधायनसम्बन्धी ऐन २०७८ को मस्यौदामाथि समितिले विज्ञसँग छलफल गरी राय सुझाव लिइरहेको छ । बैठकमा पूर्व सचिव राजुमानसिंह मल्लले भन्नुभयो “ऐनमा नभएको कुरा नियमावली, नियमावलीमा नभएको कुुरा निर्देशिका बनाएर काम गरेको पाइएकाले त्यसरी प्रत्यायोजित नै नगरेको विषयमा कुन आधारमा कानून बनाइएको हो भन्ने अहिलेको गम्भीर प्रश्न हो, यो प्रवृत्तिलाई हटाउनुपर्छ । ”  

नियमावली होस् वा निर्देशिका अनिवार्यरुपमा सर्वसाधारण र सरोकारवालाको जानकारीका लागि प्रकाशन गर्नुपर्नेमा आफू अनुकूल बनाएर टेबलको घर्ररामा राख्ने काम भएको समितिको बुझाइ छ ।  त्यति मात्र होइन, मन्त्री होस् वा सचिवलाई काम गर्न मन लागे एउटा, मन नलागे अर्को  निर्देशिका देखाउने गरिएको आरोपछ । नयाँ ऐन जारी भएसँगैँ नियमावली होस् वा निर्देशिका तर्जुमा गर्दा  सिद्धान्तका आधारमा बनाउन, जारी भएको कानून संसद्लाई १५ दिनभित्र उपलब्ध गराउने तथा समितिले अभिलेख राख्नेछ ।

संसद्बाहेक प्रत्यायोजित अधिकार प्रयोग गरी सरकार, मन्त्रालय, आयोग, सर्वाेच्च अदालत, सङ्गठित संस्थाले नियमावली, निर्देशिका, दिग्दर्शन बनाउने प्रचलन छ । पूर्व कानून सचिव मल्ल भन्नुभयो ,“प्रत्यायोजित अधिकारको आधारमा कानून बनाउदा अधिकारको ठिक प्रयोग भएको छ वा छैन भनी शक्ति सन्तुलन र नियन्त्रणका सिद्धान्तका आधारमा संसद्बाट परीक्षण हुन आवश्यक छ, मूल ऐनले दिएको अधिकारका आधारमा मात्र कानून बनाउनुपर्छ ।”

प्रत्यायोजित अधिकार प्रयोग गरी सरकार वा अरु निकायले बनाएका नियमावली वा निर्देशिका सदन समक्ष प्रस्तुत नभइ लागू गरिएमा जुनसुकै बेला रद्द हुन सक्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ