पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १, काठमाडौं । निर्माता रोज राणामाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोजमाथि ३१ गते पुरानो बानेश्वरमा खुकुरी प्रहार भएको थियो । उनको अहिले उपचार भईरहेको छ । राणामाथि खुकुरी प्रहार गरेको आरोपमा मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोटे आक्रमणकारी हुन् भने कटुन्जे सहयोगी थिए ।

मुख्य योजनाकार जोधा भन्ने रत्नबहादुर लामा भने फरार छन् । जोधा गुण्डा नाइके हुन् । रोज आफैं विगतमा विभिन्न कारोबार र गुण्डागर्दीमा संलग्न रहेका थिए । उनले पुरानो रिसिइबी साध्न रोजमाथि आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ ।