Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जडिबुटीको अवैध कारोबार गर्ने एक आरोपी पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज २२ , काठमाडौँ । </b>काठमाडौँबाट जडीबुटीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ घर भई काठमाडौँको तारकेश्वरमा बस्दै आएका ३३ वर्षीय रवीन्द्रकुमार राई रहेका छन् ।<br></p><p>तारकेश्वरको इन्द्रायणी पुलस्थित नर्थ पोल एकेडेमीको कम्पाउण्डभित्र क्यान्टिन सञ्चालन गरी बस्ने राईको बुधवार कोठा खानतलासी गर्दा अवैध रूपमा बिक्री गर्ने उद्देश्यले लुकाएर राखेको अवस्थामा साढे ८३ केजी सतुवा जडीबुटी फेला परेपछि उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । उक्त जडीबुटीको बजार मूल्य अनुमानित ५ लाख रुपैयाँ रहेको छ । पक्राउ परेका राईलाई आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय, काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ&nbsp;</p>