भदौ २, पोखरा । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ । 

पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, पोखरा । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ । 

पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२"/>

2026-06-19 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिठ्ठीमा लेखिएको थियो-‘तँलाई पनि बाँच्न दिन्न, म पनि बाँच्दिनँ’

2016-08-18

भदौ २, पोखरा । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ । 

पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली र स्याङ्जाकै पौवेगौडे गाविस–२ की सोनम रेग्मीबीच अन्तर्जातीय विवाह भएको थियो । 

तल्लो जातिसँग विवाह गरेको भन्दै केटी पक्षका अभिभावक असन्तुष्ट बने । उनीहरुले छोरीलाई समेत वास्ता गर्न छोडे । आफ्ना माइती पक्षबाट टाढिँदै गएपछि सोनम र सञ्जीवबीचको सम्बन्धमा पनि खटपट सुरु भएको उनीहरुलाई चिन्ने नजिककाले बताउँछन् । सोनम सम्बन्धविच्छेद गर्न चाहन्थिन् भने सञ्जीव त्यसको विरोधमा थिए । 

सोनमको बलजोडले अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपछि दुवै छुट्टाछुट्टै बस्दै आएका थिए । उनीहरुको मुद्दा विचाराधीन छ । केही महिनाअघि वैदेशिक रोजगारीमा विदेश गएका सञ्जीव दुई महिना नपुग्दै घर फर्केका थिए । 

सोनम चालिसेचोकको एक घरमा डेरा लिएर बसेको पत्ता लगाई सञ्जीव धारिलो चक्कुसहित ढोका बाहिर पुगेका थिए । उनले कोठाबाट आँगनमा निस्केकी सोनमलाई चक्कुले पेट र घाँटीमा प्रहार गरे । 

धारिलो हतियारको प्रहारबाट सोनमको घटनास्थलमै मृत्यु भएको थियो । उनले पनि गोजीबाट विष निकालेर सेवन गरेको र सख्त घाइते भएपछि गण्डकी मेडिकल कलेजमा उपचारार्थ लगिएकामा उपचार गर्दागर्दै उनको पनि मृत्यु भएको थियो । 

विष सेवन गरी आत्महत्या गरेका सञ्जीवको गोजीमा एउटा चिठ्ठी पनि फेला प¥यो । चिठीमा “तँलाई पनि बाँच्न दिन्न, म पनि बाँच्दिनँ” लेखिएको प्रहरीले जनाएको छ । 

अहिले मृतकका आफन्तलाई पोखरा बोलाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । दुवैको शव परीक्षणका लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ