Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वन्यजन्तुका अंग तस्करीको ‘ट्रान्जिट’ बन्दै बाँके, किन हुन्छ बाघको सिकार ?

By साझासवाल 19 मिनेट पढाइ

पढ्न करिब 8 मिनेट लाग्छ
प्रकाशित:

काशीराम शर्मा | कात्तिक १४, बाँके | इलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार मात्रै चितुवाको छाला र हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसबाट चितुवाको छाला र हड्डीसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक खनालका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–७ सुर्खेतका २४ वर्षीय रमेश बयक, सोही ठाउँका २८ वर्षीय बसन्त बिसी र राप्तीसोनारी गाउँपालिका–९ बाँकेका हिरासिंह विक छन् । उनीहरूको साथबाट चितुवाको छाला १ थान र १ किलो ४० ग्राम हड्डी बरामद गरिएको पनि प्रहरी नायव उपरीक्षक खनालले जनाए ।

वन्यजन्तुको छाला ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सागर गेष्ट हाउसका कोठा नम्बर २०५ मा मोलमोलाई भइरहेकै बेला उनीहरूलाई पक्राउ गरेको जनाएको छ । बरामद गरेको छाला र हड्डीसहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।

पक्राउ परेको चितुवाको छाला र हड्डी करिब दुई लाख मूल्य पर्ने जनाइएको छ । पछिल्लो समयमा दिनदिनै दुर्लभ वन्यजन्तुको चोरीसिकार गर्न तस्कर सक्रिय भइरहेका छन् । तस्करले बाँके जिल्लालाई ‘ट्रान्जिट’ बनाउन थालेका छन् ।

त्यसैको फाइदा उठाउँदै तस्करहरु पनि अवैद्य वन्यजन्तुको ओसारपसार र खरिदबिक्रीका लागि बाँकेलाई ‘ट्रान्जिट’ बनाउँदै आएका छन् । अवैद्य वन्यजन्तुका ओखेटोपहार खरिद बिक्री तथा मूल्यको बार्गेनिङ्गका लागि नेपालगन्ज, कोहलपुर क्षेत्र ‘ट्रान्जिट’ बन्न थालेपछि प्रहरीले पनि ‘तस्कर’माथि कडा एक्सन चलाइरहेको छ ।

‘तस्करीको ‘ट्रान्जिट’ बनेको बाँकेलाई तस्करमुक्त बनाउने चुनौती देखिए पनि हामी कडा एक्सनमा उत्रिएका छौं । जसका कारण हामी निरन्तर सफलतामा पुगिरहेका छौं,’ प्रहरी नायव उपरीक्षक खनालले भने । पश्चिम नेपालको बाँके जिल्ला वन्यजन्तुका ओखेटोपहार ओसारपसार गर्ने ‘ट्रान्जिट’का रुपमा विकास हुँदै गएको प्रष्ट हुन्छ ।

कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी जिल्लाबाट वन्यजन्तुका ओखेटोपहार ल्याएर नेपालगन्जमा खरीद विक्री हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार वन्यजन्तुको तस्करी नेपालबाट मात्र होइन, अन्य देशबाट समेत नेपाल ट्रान्जिट हुँदै गएको छ । खुला सीमाका कारण नेपाल ट्रान्जिट प्वाइन्ट हुने गरेको प्रहरीको भनाइ छ ।

चोरीसिकारी, वासस्थानको विनाश, खानेकुराको अभाव, बढ्दो जनसंख्याका कारण वन्यजन्तु संरक्षण निकै चुनौतीपूर्ण बनेको छ । नेपालमा पाइने वन्यजन्तुका आखेटोपहार अधिकांश चीनतिर निर्यात हुने गरेको देखिएको छ । वातावरणीय सन्तुलनका लागि वन्यजन्तुको संरक्षण जति महत्वपूर्ण छ, त्यति नै चुनौतीपूर्ण पनि देखिएको संरक्षणकर्मीहरू बताउँछन् ।

वन्यजन्तु संरक्षणका लागि नेपालले संरक्षण क्षेत्र नै घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघ लगायत वन्यजन्तु संरक्षणसँग सम्बन्धित विभिन्न सन्धी–अभिसन्धीको पक्ष राष्ट्र रहेको नेपालले वन्यजन्तु आरक्ष र राष्ट्रिय निकुञ्ज विकास गरी संरक्षण अभियानलाई तीव्रता दिइरहेको छ । तर, वन्यजन्तु संरक्षणमा चुनौती भने कम भएका छैनन् ।

प्रहरीले लामो समयदेखि वन्यजन्तुका अंगको तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ पनि गर्दै आएको छ । खासगरी गैंडा, बाघ, चितुवा, भालु, हाब्रे सालक लगायत वन्यजन्तु तस्करको निशानामा पर्ने गरेको प्रहरी अनुसन्धानमा देखिन्छ । गैंडा खाग, खुर र छालाका लागि तस्करको निशानामा पर्ने गरेको छ भने छाला र हड्डीका लागि बाघ र चितुवाको शिकार हुन्छ ।

त्यस्तै, पित्त र नङ्ग्राको लागि भालु मारिन्छ भने छालाको लागि रेडपाण्डा (हाब्रे)को सिकार हुन्छ । त्यस्तै खपटाको लागि सालक, विनाको लागि कस्तुरी, दाह्राको लागि हात्ती, साहतुस (रौँ)का लागि चिरुको शिकार हुन्छ । यीबाहेक अजिङ्गर, सालक, हुचिल, लाटोकोसेरो लगायत वन्यजन्तु र पंक्षीको भने जीवित तस्करी हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

वन्यजन्तु सम्बन्धी तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु नेपालमा वन्यजन्तुको शिकारका घटनामा केही कमी आएको बताउँछन् । तर, त्यसको तुलनामा नेपाललाई ट्रान्जिट बनाएर आखेटोपहारको तस्करी भने बढीरहेको उनीहरूको भनाइ छ । प्रहरीका अनुसार यस्तो तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको छ ।

तस्करहरुले नेपाली भूमिको प्रयोग गर्दै आखेटोपहारको व्यापक माग हुने देशहरु चीन, भियातनाम, जापान, कम्बोडिया लगायतका बजारमा पुर्‍याउँछन् । चीरुको रौं तिब्बतबाट अवैध रुपमा निकासी गरी नेपालको बाटो हुँदै भारत जान्छ । बाघको छाला र हड्डी नेपालको बाटो हुँदै तिब्बत पुग्छ । त्यहाँबाट तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ ।

प्रहरीले सार्वजनिक गरेका केही घटनाको विश्लेषण गर्दा वन्यजन्तुसँग सम्वन्धित अपराध नेपाल, भारत र चीनसँग अन्तर सम्बन्धित रहेको देखिन्छ । प्रहरीले गरेको अनुसन्धानअनुसार नेपालबाट बाहिर तस्करी हुने वन्यजन्तुको आखेटोपहारमध्ये २० प्रतिशत नेपालमै शिकार गरेर संकलन हुन्छ । बाँकी ८० प्रतिशत बाहिरी मुलुकबाट नेपाल हुँदै तस्करी हुन्छ ।

किन हुन्छ बाघको सिकार ?

बाघका अंगमध्ये ४० प्रतिशत परम्परागत औषधि बनाउन प्रयोग हुने गरेको पाइन्छ । यसको शिरदेखि नंग्रासम्मै र रगत तथा यौनांगको समेत किनबेच हुन्छ । थाइल्यान्डमा प्रजनन केन्द्र (घरपालुवा)भित्र सबैभन्दा धेरै बाघ छन् । त्यहींका बाघका अंगको किनबेचका लागि ओसारपसार गर्दा थाइल्यान्डमा बरामदका धेरै घटना भएका हुन् । भारतमा भने प्राकृतिक अवस्थामा विश्वकै सबैभन्दा बढी २ हजार ९६७ बाघ छन् तर प्रजनन केन्द्रभित्र थोरै बाघ छन् ।

बरामद भएका अंगको मुख्य स्रोत प्राकृतिक बासस्थानकै बाघ हुन् । पछिल्लो आँकडाअनुसार १३ देशको प्राकृतिक बासस्थानमा बाघको संख्या २८५५ देखि ४९८२ छ । धेरै संख्यामा बाघ रहेका देश नेपालसहित भारत, मलेसिया, बंगलादेश, रुस, थाइल्यान्ड, भुटान, इन्डोनेसिया हुन् ।

लाओस्, म्यान्मार, कम्बोडिया, भियतनाममा बाघको संख्या न्यून छ । बाघका अंगको बरामदमध्ये छाला १३, शरीर ८, दाँत ७ प्रतिशत छन् ।

यी अंगको होलसेल कारोबार गर्नेमा धेरैजसो चिनियाँ र भियतनामी हुने गरेको देखिन्छ । चिनियाँ परम्परागत औषधि, पौष्टिक टनिक र क्रिम बनाउन बाघका अंगको कारोबार हुने गरेको देखिन्छ । म्यान्मार, भियतनाम पनि बाघका अंग प्रयोग गर्ने मुलुकभित्र पर्छन् । चीन र भियतनाममा प्राकृतिकबाहेक घरपालुवा बाघका अंगको समेत तस्करी बढिरहेको वन्यजन्तु अपराधसम्बन्धी सार्वजनिक राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ ।

चीनले बाघको मासुसमेत बेचबिखन गर्छ

दक्षिण एसियाली मुलुकका केही नाका (रुट)हरू बाघका अंगको चोरीनिकासीका लागि हटस्पट बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । ‘भारतबाट नेपाल हुँदै चिनियाँ बजारमा बाघ र तिनका अंगको कारोबार हुने गरेको देखिन्छ,’ प्रतिवेदनमा छ, ‘भारतबाट सिधै म्यान्मारतिर पनि निकासी हुने गरेको छ ।’ इन्डोनेसियाबाट म्यान्मार हुँदै पनि चिनियाँ बजारमा तस्करी हुने गरेको छ ।

यस्तै, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र भियतनाम हुँदै पनि चिनियाँ बजारमा तस्करी हुने प्रतिवेदनमा जनाइएको छ । चीन र भियतनाममा कृत्रिम प्रजनन गरी संख्या विस्तार गरिएका (घरपालुवा) बाघको समेत अवैध कारोबार हुने गरेको छ । केही वर्ष अघिसम्म भने चीनले घरपालुवा बाघका अंगको कारोबारमा प्रतिबन्ध लगाएको थियो । दक्षिणपूर्वी एसियाली मुलुकमा सन् १९९४ तिर बाघको हड्डी प्रतिकिलो १२०० अमेरिकी डलरसम्म किनबेच हुने गरेको थियो ।

२००७ मा आइपुग्दा मूल्य बढेर १२५० देखि ३७५० अमेरिकी डलरसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ मा भने घटेर प्रतिकिलो २२६० अमेरिकी डलरमा किनबेच हुने गरेको थियो । सन् २०१५ मा प्रतिकिलो १४०० अमेरिकी डलरसम्म झरेको थियो । ‘बजारमा बाघका अंग सहज ढंगले उपलब्ध भएका बखत मूल्य निकै तल झर्ने गर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अत्यधिक माग बढ्यो भने मूल्य पनि अकासिन्छ ।’

चीनले बाघको हड्डीबाट वाइन (टाइगर वाइन)समेत बनाएको छ । वाइनलाई चिनियाँहरूले सांस्कृतिक हिसाबले प्रयोग गर्छन् । भियतनामीहरूले भने बाघका अंगबाट विभिन्न क्रिम (टाइगर बाम) बनाउँछन् । त्यस्तो क्रिमलाई उनीहरूले चीनले जस्तै सांस्कृतिक महत्व दिन्छन् । बाघको वाइन बजारमा समेत किनबेच हुन्छ । पूर्वी र दक्षिण पूर्वीय मुलुकमा एक बोतल वाइनको ८० अमेरिकी डलरदेखि २९० अमेरिकी डलरसम्ममा बजारमा बिक्री हुन्छ ।

चीनले त्यस्तो वाइनको एक बोतलको ५ सयदेखि १ हजार अमेरिकी डलसम्ममा विभिन्न मुलुकमा निकासीसमेत गर्ने गरेको छ । बाघका अंग प्रयोग गरी बनाइएको क्रिमको भियतनामी बजारमा १०० ग्रामको १ हजार अमेरिकी डलरसम्म बिक्री हुने गरेको पाइएको छ । भियतनामीहरुले बाघको यौनांग प्रयोग गरी यौनशक्ति बढाउने औषधि (क्रिम)समेत बनाएको पाइएको छ ।

चीन, भियतनाम लगायत मुलुकले बाघका सबैजसो अंग प्रयोग गरी विभिन्न औषधि बनाउने गरेका छन् । बाघको मासु खाँदा मलेरिया र पेटजन्य रोग निको हुने चिनियाँहरूको विश्वास छ । बाघको फोक्सोबाट बनेको परम्परागत औषधिले क्यान्सर निदान हुने विश्वास छ भने पुच्छरबाट छालाजन्य रोग निको हुने औषधि बन्ने गरेको छ । चीन र भियतनामले बाघका २२ वटा अंगलाई विभिन्न औषधि बनाउन प्रयोग गर्ने गरेको पाइन्छ ।

के छ कानुनी व्यवस्था ?

वन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ बर्षदेखि १५ बर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । वन्यजन्तु संरक्षणकै लागि भनेर नेपाली सेना, नेपाल प्रहरी, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग लगायतका विभिन्न अंग परिचालित छन् ।

यसबाहेक गैरसरकारी क्षेत्रबाट पनि ठूलो मात्रामा स्रोतसाधन र जनशक्ति वन्यजन्तुको संरक्षणका लागि परिचालन छ । तर, तस्करी नियन्त्रणका लागि अपेक्षित नतिजा निस्कन सकेको छैन । सरोकारवाला निकायबीचको आपसी सहकार्यले केही हदसम्म वन्यजन्तुको तस्करी कम गर्न सकिने सम्वद्धहरुको भनाइ छ । स्थानीय समुदायको सहभागिता, उच्चतम प्रविधिको प्रयोग, सरकारी निकायबीच अपसी सहकार्यमा तस्करी नियन्त्रणका प्रयाससमेत भइरहेका छन् ।