पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३, काठमाडौँ । काठमाडौँ उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरमा पनि आज गाईजात्रा पर्व सुरु भएको छ ।

देवढोकामा रहेको गणेश मन्दिरअगाडि स्थानीय नौजना नर्तकलाई विभिन्न मुखुन्डो प्रदान गरेपछि विधिवत् रुपमा गाईजात्रा सुरु भएको हो ।

वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा त्यहाँ विशेष किसिमले मनाइन्छ । मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै स्थानीय देवढोकाबाट गाईजात्रा निकाल्ने र स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ ।

सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्नरुपमा शृङ्गार गरी नगर परिक्रमा गराइन्छ । विभिन्न टोल टोलमा ती बालबालिकालाई फलफूल तथा मिष्ठान्न र खानेकुरा दिने चलन रहेको छ । रासस