२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु, दियोबाट आगो सल्किएको आशंका

२०७८, २० कार्तिक शनिबार ०२:५७

कात्तिक २०, काठमाडौं । ललितपुरको मंगलबजारमा सनिबार ग्याँस विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । लक्ष्मीकृष्ण ताम्रकारको घरमा म्ह: पूजा गरिरहेको अवस्थामा सिलिन्डर विस्फोट भएको थियो । 

साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको  घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए । एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराएका थिए । त्यसको केहि समयमै ठूलो आवाजमा विस्फोट भयो । उक्त विस्फोटमा श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृत्यु भयो । प्रहरीका अनुसार मृतक लक्ष्मीकृष्ण ताम्राकारका छोरा र छोरी आगो बल्दै गर्दा घरबाट हाम फालेर बाच्न सफल भए तर उनीहरु पनि घाइते भएका छन् ।

घाइतेले दिएको बयान र घटनास्थलको वस्तुस्थितिको आधारमा आगलागी तेस्रो तलाको दियोबाट सुरु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दियोसँगै रहेको पर्दाबाट आगो सल्किएर माथि रहेको भान्छासम्म पुगेको हुनसक्ने बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ