Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गाईजात्रामा देशभर बिदा दिन माग

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ५, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजानिक बिदा दिन माग गर्नुभयो ।

उहाँहरुले बझाङ, चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी बाँकेका १२ गाविस राप्ती नदीको कटानको उच्च जोखिममा रहेको, बिपी राजमार्गका सडक दुर्घटना रोक्न, पर्वतमा महिला हिंसा रोक्न, तीजमा तडकभडक र देशभर फैलिएको ज्वरोको भाइरल रोक्न पनि माग गरिएको थियो ।

शून्य समयमा बोल्नेमा केशरी घर्तीमगर, केशवप्रसाद बडाल, केदारप्रसाद सञ्जेल, कान्ता भट्टराई, कल्पना शर्मा जोशी, कमलाकुमारी, देवराज भार र अखिलाल ओखेडा हुनुहुन्थ्यो । रासस