पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस ७, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँको मौसम सफा रहने छ। काठमाडांै उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ।<br></p><p>प्रदेश १ का पहाडी क्षेत्र बाहेक अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ। प्रदेश १ का उच्च पहाडी र हिमाली जिल्लामा भने आज हल्का हिमपातको सम्भावना छ। न्यूनतम तापक्रम घटबढ नभए पनि चिसो हावा चल्न थालेकाले बिहान र बेलुकाको समयमा चिसो बढेको छ।</p>

