पढ्न करिब 1 मिनेट लाग्छ

पुस ७, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित रामकुमार सुवेदी र उनकी पत्नी माधवी पक्राउ परेका छन् । मंगलबार राति स्वयम्भूबाट उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा प्रकिया अघि बढाएको छ ।

सरकारी कागजात कीर्ते उजुरीमा उनीहरूलाई अनुसन्धानका लागि म्याद थपको प्रकिया अघि बढाइएको सीआईबी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । यसबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । त्यसलगत्तै उनी फरार थिए ।