Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

यी हुन् विश्वका सबैभन्दा लाेकप्रिय १० वेबसाइट, कुन स्थानमा के ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ९, काठमाडौँ |</b> सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम नभएर टिकटककाे&nbsp; रहेको छ।<br></p><p>क्लाउडफ्लेयर नामक कम्पनीका अनुसार यसअघि शीर्षस्थानमा रहँदै आएको गुगलको स्थान टिकटकले लिएको छ । भारतसहित केही मुलुकमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। तर, बाइट डान्सको स्वामित्वमा रहेको टिकटकले विश्वभर मासिक एक अर्ब मानिसले आफ्नो एप प्रयोग गर्ने दाबी गरेको छ ।</p><p>योसँगै गुगल लोकप्रिय वेबसाइटको सूचीको दोस्रो स्थानमा झरेको छ । त्यस्तै, हालै नाम परिवर्तन गरेर मेटा राखेको फेसबुक सूचीको तेस्रो स्थानमा छ । माइक्रोसफ्ट चौथो, एप्पल पाँचौं र अमेजन छैटौं स्थानमा छन् । सातौं स्थानमा नेटफ्लिक्स, आठौं स्थानमा युट्युब, नवौं स्थानमा ट्विटर र दशौं स्थानमा ह्वाट्सएप छन् ।</p>