काठमाडौंबाट युट्युबर पक्राउ

साझासवाल
1 Min Read

<p>पुस १२, काठमाडौँ | युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखेर सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एकजना युट्युबरलाई पक्राउ गरेको छ । काठमाडौंको अनामनगर बस्ने बाग्लुङ निसिखोला गाउँपालिका–१ पाखापानी घर भएका ३१ वर्षीय रामबहादुर मल्ल पक्राउ परेका हुन् ।<br></p><p>साथीभाइ अनलाइन टिभी नामक युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियोहरू प्रसारण गरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएका साइबर ब्यूरोले जनाएको छ ।&nbsp;</p><p>उनलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply