२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छ : प्रम देउवा

२०७८, १५ पुष बिहीबार ११:२८

पुस १५, काठमाडौँ | रासस | प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । तमू ल्होसार २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यस पर्वले तमू÷गुरुङ समुदायहरू र विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।  

उहाँले यस पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पु¥याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न र यस समुदायको सभ्यता र संस्कृतिलाई अरू समुदायसमक्ष चिनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । तमू (गुरुङ) समुदायले यस पटकको आफ्नो महान् चाड तमू ल्होसार ‘ल्वों ल्हो’ (गाई वर्ग) वर्षको बिदाइ तथा ‘तो ल्हो’ (बाघ वर्ग) वर्षको स्वागत गरी मनाइरहेका छन् ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाल विभिन्न जातजाति, सम्प्रदाय, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरू मिलेर बनेको साझा देश हो । सबै समुदायहरूबीच रहेको सह–अस्तित्व, पारस्परिक सहयोग र सहिष्णुता तथा साझा परम्परागत मौलिक संस्कृति र सभ्यता नेपालीको पहिचान र गौरव हो । यिनै साझा र मौलिक सांस्कृतिक पक्षहरूले अनेकतामा एकताको भावना सिर्जना गर्दै हाम्रो राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ तुल्याएका छन् ।”

ल्होसार चाड विशेष गरी भोट बर्मेली समुदायका मानिसहरूले मनाउने महान् चाड हो । यो चाड नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकहरूमा पनि मनाउने गरिन्छ । नेपालमा यो समुदायले मनाउने ल्होसारहरूमा तमू ल्होसार, (तोला ल्होसार), सोनाम ल्होसार र ग्याल्बो ल्होसार हुन् । यीमध्ये तमू ल्होसारको आफ्नै विशिष्ट इतिहास र परम्परा रहेको उल्लेख गर्दै उहाँले आदिमकालमा कुनै वैज्ञानिक गणना पद्धतिको विकास नहुँदाको समयमा पनि यस समुदायका त्यतिबेलाका अग्रज पुर्खाहरूले विभिन्न जीवजन्तुलाई आधार बनाई वर्ष गणना गर्ने पद्धतिको विकास गरेको बताउनुभयो । त्यही परम्पराको निरन्तरताको रूपमा आजको दिनलाई गुरुङ जातिले तमू ल्होसारका रूपमा मनाउने गरेका छन् ।  

प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ का कारणले सम्पूर्ण समाजलाई प्रभाव पारेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनासहित यस पर्वलाई मनाउनु बुद्धिमानी हुने सुझाव पनि दिनुभयो । 

कार्यक्रममा तमू ह्युल छाेंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले यस पर्वले समुदायमा सामाजिक सद्भाव अभिवृद्धिका लागि योगदान पुग्ने बताउँदै तमू ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो । नेपाल आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद्का अध्यक्ष जगत बरामले अघिल्लो सरकारले बिदा कटौती गरेकामा दुःख व्यक्त गर्दै तमू ल्होसार राष्ट्रिय पर्व भएकाले यसलाई राष्ट्रिय क्यालेण्डरमा नै उल्लेख गरी नियमित सार्वजनिक विदाको व्यवस्था गर्न माग गर्नुभयो ।

कार्यक्रममा सो समुदायका विभिन्न क्षेत्रका झाँकी ¥यालीहरु प्रदर्शन गरिएको थियो भने सो समुदायका विभिन्न विधाका विशिष्ट व्यक्तिहरुलाई प्रधानमन्त्री देउवाले सम्मान गर्नुभएको थियो । पर्वको औपचारिक उद्घाटन समारोहपछि विभिन्न सांस्कृतिक कार्यक्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी