पढ्न करिब 1 मिनेट लाग्छ

पुस १८, काठमाडौँ | जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको छ। साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ।

यस्तै दिउँसो पनि देशभर आंशिक बदली रहनेछ। राति पनि देशभर बदली भइ प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार पनि देशभर आंशिक बदलीको रहने छ। मंगलबार सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-गहरूमा आंशिक बदली रहने छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।