२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकसय ७० लिटर घरेलु मदिरा नष्ट

२०७८, २० पुष मंगलवार ०६:४८

पुस २०, काठमाडौँ | जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडकखण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाबाट ६०, लक्ष्मी गुरुङबाट ४५, अनिता बोगटीबाट ३० र  वडा नं ६ बस्ने लक्ष्मी भण्डारीबाट ३५ लिटर गरी जम्मा १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।

घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमै  नकारात्मक असर पार्ने भएकाले प्रहरीले यो अभियान चलाएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो केही हप्ता यतादेखि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मातहतका प्रहरी चौकीले पनि घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु