Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यस्तो रहनेछ आजको मौसम

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २३, काठमाडौँ | हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरूमा हल्का वर्षा/हिमपात भएको छ।<br></p><p>शुक्रबार&nbsp; देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती भने प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ ।&nbsp; प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।&nbsp; यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,&nbsp; कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।</p><p>शनिबार देशभर सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। त्यस्तै आइतबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य&nbsp; देखी पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा&nbsp; मेघ गर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने&nbsp; बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा&nbsp; मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।</p>